प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

अख्तियारको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।

प्रदेश २ ले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको छ। सो अभियानअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो।

उक्त साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो।

अख्तियारको टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-29 14:17:00

प्रतिकृया दिनुहोस्