कैलालीमा ट्र्याक्टरबाट खसेर एकको मृत्यु

File Photo
File Photo

कैलालीमा आज ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। गौरीगङ्गा–४ राजिपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नंको ट्र्याक्टरबाट खसेर सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राजिपुरकै चालक कर्णबहादुर खत्रीले चलाएको ट्र्याक्टरबाट खस्न गई सोही ट्र्याक्टरमा काम गर्ने चौधरी घाइते भएको र उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो।

चालक र ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

प्रकाशित मिति: : 2021-09-29 19:46:00

प्रतिकृया दिनुहोस्