प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले संसदमा जारी राखेको अवरोध अन्त्यको लागि छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बिहीवार बिहान १० बजे बस्नेगरी बोलाएका हुन्।
बैठकमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा प्रतिपक्षी दलहरु नेकपा(एमाले), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपाको सहभागिता हुनेछ।
प्रधानमन्त्री देउवाले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कानुन मन्त्रीमार्फत् पनि निरन्तर सम्वाद गरिरहेका छन्। यस अघि सभामुखले सर्वदलीय बैठक आह्वान गरेको भएपनि एमालले बहिष्कार गरेको थियो।