मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने युवक फेरि पक्राउ 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

प्रेम प्रस्ताव अस्वीकार गरेको कारण वीरगञ्जकी १५ बर्षीया बालिका मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने युवकलाई पर्सा प्रहरीले पुन: पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीयका समशाद मियाँ रहेका छन्। उनले वि.स.  २०७६ भदौ २० गते वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई प्रहार गरेका थिए।

घटना लगतै पक्राउ परेका मियाँविरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो।

कोभिड(१९ को पहिलो लहरको प्रकोपका कारण २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो।

चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो। तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए। उनलाई बुधबार वीरगञ्ज-२, ईदगाह चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-30 11:56:00

प्रतिकृया दिनुहोस्