खेतबारी जोगाउन विषादी होइन रक्सी !

File photo
File photo

हामीले सुन्दै वा देख्दै आएका छौं, किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि विभिन्न प्रकारका किटाणु मार्ने औषधिहरुको प्रयोग गर्ने गर्छन्। 

तर के तपाई कहिल्यै यो सुन्नु भएको छ, किटाणुबाट बालीनालीलाई जोगाउनका लागि रक्सीको प्रयोग गरेको ? सुन्दा निक्कै अनौठो लागेता पनि भारतको हरियानाका किसानहरुले आफ्नो बालीनाली बचौं त्यसो गर्ने गर्छन्। 

 त्यहाँको फतेहावाद जिल्लाका किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट टाढा राख्नका लागि विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेका छन्। 

पानीमा मिलाएर बालीनालीमा रक्सी छर्किने यो विधि अनौठो लागे पनि किसानहरु भने बालीनालीलाई मदिरा शेचन गर्ने विधि निकै सफल हुने विश्वासमा छन्। 

कृषि वैज्ञानिकहरुले भने यस्तो विधिलाई किसानहरुको भ्रम भनेका छन्। बालीनालीमा रक्सी छर्किनाले कुनै पनि किटाणु नमर्ने उनीहरुको भनाई छ। किसानहरुलाई भ्रममा परेर आफ्नो बालीनाली नोक्सान नगर्न उनीहरुले आग्रह गरेका छन्। 

किसानहरु भने खर्च कम हुने, उत्पादन बढ्ने, विषादी रहित स्वच्छ खानेकुरा खान पाइने र वातावरणमा पनि नकारात्मक असर नपार्ने भन्दै रक्सी छर्किने विधिको जोडतोडका साथ प्रयोग गरिरहेका छन्। 

प्रकाशित मिति: : 2021-09-30 12:25:00

प्रतिकृया दिनुहोस्