ज्येष्ठ नागरिकलाई सम्मानका साथ राखौँ :  मुख्यमन्त्री भट्ट

बिएल संवाददाता

महेन्द्रनगर
फाइल तस्वीर
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकलाई घर परिवारमै सम्मानजनक ढङ्गले बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिकास्थित वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सन्ततिले गर्ने व्यवहारको सिको भावी पुस्ताले समेत गर्ने बताए। 'ज्येष्ठ नागरिकले वृद्धाश्रममा बस्नुपर्ने वातावरण कसरी बन्यो रु', मुख्यमन्त्री भटृले भने, 'आफूसित राख्ने वातावरण किन बनेन् भन्ने विषयमा छलफल हुनु आवश्यक छ।'

उनले ज्येष्ठ नागरिकलाई बोझ सम्झेर वृद्धाश्रम पुयाउनेले आफूले पनि पछि  त्यही नियति भोग्नुपर्नेमा  हेक्का राख्न सुझाव दिए।
    
सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जीवनका महत्वपूर्ण समय परिवार र देशका निम्ति खर्चेका वृद्धवद्धा शारीरिक अवस्था कमजोर भए पनि विविध खाले समस्यासित जुध्नुपरेको बताए। 'वृद्धाश्रममा कोही पनि बसून् भन्ने होइन।' उनले भने, 'घरमै राम्रो व्यवहारका साथ बस्ने वातावरण मिलाउनुपर्छ।'

मुख्यमन्त्री भट्टले प्रदेश सरकारको सहयोगमा वृद्धाश्रम परिसरमा निर्मित आवासगृह र सभाहल र छेउमै रहेको रौटेला खोलामा निर्मित झोलुङ्गे पुल पनि उद्घाटन गरेका थिए।

प्रकाशित मिति: : 2021-10-01 14:34:00

प्रतिकृया दिनुहोस्