इङलिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल र म्यानचेस्टर सिटीले बराबर खेलेका छन्। लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीसँग २-२ को गोलको बराबरी खेलेको हो।
५९औँ मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो। त्यसको १० मिनेटपछि फिल फोडिनले सिटीलाई खेलमा फर्काएका थिए।
७६औँ मिनेटमा मोहम्मद सलाहाले पुन लिभरपुलाई अग्रता दिलाएका थिए। खेल सकिन नौ मिनेट बाँकी रहँदा केभिन डी ब्रुयनाको गोलमा म्यानचेस्टर सिटीले लिभरपुलसँग हारको संकट टारेको थियो।
खेलमा दुई पटक अग्रता बनाउदा समेत घरेलु टोली लिभरपुल बराबर गर्न बाध्य भयो।
बराबरीसंगै लिभरपुल सात खेलमा १५ अंक सहित दोस्रो स्थानमा छ। १४ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ। समान खेलमा समान १४ अंकका साथ म्यानचेस्टर युनाइटेड, एभर्टन र ब्राइटन क्रमशः चौथौ, पाँचौ र छैटौं स्थानमा छ।
राति नै भएको खेलमा टोटनहमले एस्टन भिल्लालाई २-१ गोल अन्तर, ब्रेन्टफोर्डले बेस्टहम युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेका छनं। यस्तै क्रिस्टल प्यालेस र लेस्टर सिटीले २-२ गोलको बराबरी खेले।