मधेसमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर

फाइल तस्वीर
फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन्।

सप्तरीको राजविराजमा  आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र  अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले मधेस आन्दोलका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याए।

उनले जनआनदोलन र मधेस आन्दोलनका बेला राखिएका माग पूरा गनुपर्ने स्मरण गराए।'जनसङ्ख्याको आधारमा स्थानीय तहको पुनःसंरचना हुनुपर्छ', अध्यक्ष  ठाकुरले भने।

सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले  विगतमा उठाइएका  मधेस अधिकार र पहिचानसहितका माग पूरा हुन नसकेको बताए। विचारको आधारमा पार्टी गठन भएको भन्दै उनले केही पार्टी स्वार्थमा लागेका कारण मधेसी जनताको माग पूरा हुन नसकेको धारणा व्यक्त गरे। 
 

प्रकाशित मिति: : 2021-10-04 16:40:00

प्रतिकृया दिनुहोस्