पूर्वयुवराज पारस शाहको पोखराको लेकसाइडस्थित निवासमा चोरी भएको छ।
बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ।
काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले जनाएको छ। पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन्।
प्रहरी अनुसन्धानमा गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ। काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ।
चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए। आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ।