नदीलाई 'कुलो' बनाउँदा काठमाडौंमा बढिरहेको छ बाढी र डुबान

सेतोपाटी

काठमाडौँ

मुलचन्द महाउत गत भदौ २० गते राती बल्खु पुलछेउको आफ्नै टहरामा सुतिरहेका थिए।

राती ११ बजेतिर पानी पर्न थाल्यो। टहरा छाएको जस्तापाता जोडजोडले बज्न थाल्यो। बागमती उर्लेको आवाज झन् चर्कियो।

तीन बजेतिर टहराभित्रै पानी छिर्‍यो। महाउत दम्पती तीन छोरा र तीन छोरी च्यापेर बल्खु पुल उक्ले। मुलचन्द यहाँ बस्न थालेको ११ वर्ष भयो। बाँकेको हरमिनियाबाट आइपुगेका उनी ज्यामी काम गर्छन्।

उनको टहरा बाढीले त बगाएन। तर खाने सामग्रीसहित ओढ्ने-ओछ्याउने, सबै सामान बिग्रिए।

बल्खु किनारमा ५ सय १३ टहरा छन्। झन्डै तीस वर्षदेखि बल्खु, बागमती किनारमा बस्दै आएको सुकुम्बासी बस्ती यसपालि बर्खामा बाढीको चपेटामा पर्‍यो।

'२०७३ सालमा टहरामा पानी छिरेको थियो,' मुलचन्दले सम्झिँदै भने, 'यसपटक बस्तीका ८ वटा टहरा बगायो।'

बगेका टहरामध्ये एउटा सरोज महाउतको हो। उनको टहरासहित सबै सामान बाढीले लग्यो। अहिले सरोजको परिवारै त्यही बस्तीको अर्को टहरामा भाडामा बसिरहेको छ। 

प्रकाशित मिति: : 2021-10-04 19:36:00

प्रतिकृया दिनुहोस्