माल्दिभ्समा नेपाली फुटबल टोलीको प्रभावशाली प्रदर्शन

बिबिसी

काठमाडाैँ

दुई दशकको अवधिमा १३ औँ संस्करणसम्म आइपुग्दा दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको फाइनलसम्म पुग्न नसकेको नेपालले यसपालि बलियो शुरूआत गरेको छ।

माल्दिभ्सको मालेमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो दिन बलियो ठानिएको आयोजक माल्दिभ्सलाई १-० ले हराउँदै नेपालले प्रतियोगितामा प्रभावशाली शुरूआत गरेको थियो।

सोमवार राति तनावपूर्ण देखिएको अर्को खेलमा श्रीलङ्कालाई ३-२ ले पराजित गरेपछि नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने प्रतियोगितामा दाबेदारी समेत गरेको छ।

रोमाञ्चपूर्ण खेल

साफ च्याम्पियनशिपमा पहिलो पटक ५ गोल भएको खेल रोमाञ्चपूर्ण बनेको थियो।

श्रीलङ्काले शुरूदेखि नै सातीव्र गतिमा खेल्दै नेपाली पोस्टमाथि लगातार दबाव दियो।

तर खेलको ३० औँ मिनेटमा सुमन लामाले डि बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षकलाई छिचोल्दै गोल गरेर नेपाललाई अग्रता दिलाए। त्यसपछि खेलमा नेपालले दबाव सिर्जना भयो।

प्रकाशित मिति: : 2021-10-05 08:20:00

प्रतिकृया दिनुहोस्