लाभांश पारित गर्न रिडी हाइड्रोपावरले बाेलायाे साधारणसभा

फाइल तस्वीर
फाइल तस्वीर

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बाेलाएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १२ कात्तिकमा २०औँ वार्षिक साधारणसभा डाकेकाे हाे। 

सभा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। सभाले रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने/गाभिने विषयको विशेष प्रस्ताव पारित गर्नेछ। नगद लाभांश वितरण गर्नेलगायतको प्रस्ताव छ। 

कम्पनीले साधारणसभा प्रयोजनका लागि २ कात्तिकमा बुकक्लोज गर्ने छ। यस अनुसार १ कात्तिकसम्म नेप्सेमा कारोबार भइ कायम सयरधनीले मात्रै  कम्पनीको लाभांश प्राप्त गर्नसक्ने तथा साधारण सभामा सहभागी हुन पाउने छन्।

प्रकाशित मिति: : 2021-10-05 11:14:00

प्रतिकृया दिनुहोस्