थप ९६८ जनामा कोरोना पुष्टि, १११४ जना संक्रमणमुक्त

Symbolic photo
Symbolic photo

नेपालमा पछिल्लो २४ घन्टामा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय संक्रमित १६ हजार दुई सय ४८ जना छ।

त्यसैगरी पछिल्लो २४ घन्टामा एक हजार ११४ जना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने संख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ।

यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार १८० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2021-10-05 17:02:00

प्रतिकृया दिनुहोस्