बारामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

बारामा ट्याक्टरको ठक्करबाट एकजना बालकको घटना स्थलमै मृत्यु भएको छ। आदर्श कोतवाल गाउँपालिका– ५ बस्ने शेख ननक मियाँका १२ बर्षिया छोरा अब्दुलैश मियाँ मङ्गलबार ट्याक्टर ठक्करबाट मृत्यु भएकाे हाे। 

साँझ करिव ६ :३० बजेको साेही गाउँपालिकाकाे टेढाकट्टीबाट बालुवा भाेकेर आउँदै गरेकाे ना ६ त ३६९० नम्बरको ट्याक्टरले साइकलमा सवार बालकलाई ठक्कर दिँदा उनको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार मृतक बालक कोल्हवीबाट हरनहिया जाने क्रममा तामागढी सिम्रौनगढ सडक खण्डमा ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको हाे। 

प्रकाशित मिति: : 2021-10-06 09:11:00

प्रतिकृया दिनुहोस्