अदालतको निष्कर्ष : ३३ किलो सुन ‘टाई टाई फिस’

सुन तस्करी प्रमाणित भएन, शाक्यका हत्यारालाई मात्रै सजाय

रातोपाटी

काठमाडौं

चार वर्ष पहिलेदेखि अधिक चर्चामा आएको साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः पुष्टि हुन हुन नसकेपछि ‘टाई टाई फिस’ भएको छ। सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करी’को आरोप लागेका सबैलाई सफाइ दिएको छ। चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जनाले भने सनम शाक्यको हत्यामा सजायँ पाएका छन्, सुन तस्करीमा होइन। यससँगै साढे ३३ किलो सुन तस्करी प्रकरणको पटाक्षेप भएको छ।

२०७४ चैत्र २० गते मन्त्रिपरिषद्को निर्णयबाट सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले तयार गरेको प्रतिवेदनका आधारमा प्रहरीका उच्च अधिकारीहरुसहित ७७ जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलेको थियो।

अहिलेसम्मकै ठूलो तस्करी भनिएको यो मुद्दामा मंगलबार ८ जनाले मात्र सजाय पाएका छन्, त्यो पनि व्यक्ति हत्यामा। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले सुन तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएका छन्।

प्रकाशित मिति: : 2021-10-06 11:38:00

प्रतिकृया दिनुहोस्