अदालतबाट न्याय मिल्यो, तर क्षतिको पूर्ति कहाँ? : यी दुई 'केस' जसले प्रहरीलाई नै तर्साउँछ - गम्भीर अनुसन्धानमा जुझारु भएर उत्रिन

पहिलोपोष्ट

काठमाडौं

३३ किलो सुन प्रकरण विगत चार वर्षदेखि चर्चामा छ। दुबई हुँदै त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन कहाँ गयो भन्ने प्रश्नको उत्तर अहिले पनि कसैले भेट्टाउन सकेको छैन। तर, यही ३३ किलो सुनले ३५ वर्षीय सनम शाक्यको ज्यान नै लियो।

सनममात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एउटा 'ज्यानमारा दुर्घटना' भयो। थाई एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु बनको गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर मृत्यु भयो। यस घटनालाई पनि ३३ किलो सुन प्रकरणमा शंकाका रुपमा हेरिएको छ। त्यसलाई प्रमाणित गर्ने तथ्य त फेला परेका छैन तर संकेत छ - उनी तस्करको निशानामा परे।

शाक्यको ज्यानमात्र होइन, यही घटनालाई जोडिएर ७० जना भन्दा बढी मानिसको 'निद हराम' गर्‍यो। खाएकालाई बिष लाग्नु त स्वाभाविकै होला तर नखाएकालाई पनि ३३ किलो सुन प्रकरणले मर्नु न बाँच्नु अवस्थामा पुर्‍यायो। सुन तस्करी व्यापारी, कर्मचारीदेखि प्रहरीसम्म जोडिएका थिए।

प्रकाशित मिति: : 2021-10-06 16:56:00

प्रतिकृया दिनुहोस्