दुई वर्षपछि सिनेमा हल खुल्दै: फूलपातीदेखि ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ प्रदर्शनमा आउने

काेराेना महामारीले चलचित्र क्षेत्र ठप्प भइसकेकाे करिब दुई वर्षभन्दा बढी भइसकेकाे छ।

यसबीच न त चलचित्र रिलिजमा आउन सकेका छन् न त हल नै सञ्चालनमा आउन सकेका छन्। यसपटककाे दशैँकाे अवसर पारेर भने हल सञ्चालनमा आउँदैछन्। 

सुरुमै रिलिज हुने चलचित्रहरुलाई पनि उत्तिकै खतरा छ कि चल्न पनि सक्छन्, नचल्न पनि सक्छन्। दशैँकाे अवसर पारेर देशभरका हलमा दर्शकले हलमा दुई चलचित्रमात्र हेर्न पाउनेछन्। ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ मात्र दुई फिल्म हेर्न पाउने भएका हुन्।

यी चलचित्रहरु आगामी असाेज २६ गते अर्थात फूलपातीकाे दिन रिलिज हुनेछन्। 

‘डाँडाको वरपीपल’ शोभित बस्नेतले निर्देशन गरेको चलचित्र हाे। चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय छ।

त्यस्तै ‘धन्दागिरी’ एनबी अन्जानले निर्देशन गरेको चलचित्र हो। फिल्ममा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवास गजुरेल, सुनिल कटुवाल, सविता रेग्मी लगायत कलाकारको अभिनय छ। 

प्रकाशित मिति: : 2021-10-07 06:17:00

प्रतिकृया दिनुहोस्