नारीको उपासना : भेनसकी देवीदेखि ‘जीवित देवी’ कुमारीसम्म

रातोपाटी

काठमाडौं

यो सामग्री अध्ययन समाजको दोहोरो चरित्रबाट थालौँ। आज ९घटस्थापना० देखि वर्ष २०७८ को दसैँ पर्व सुरु भएको छ। विजया दशमीसम्म हामी देशैभरका शक्तिपीठ र घरमै नारी शक्तिको पूजाआजा गरी यो पर्व मनाउँदैछौँ। नारी शक्तिको पूजा हुने यही भूगोलमा हरेक पल नारीहरू हिंसाको सिकार भइरहेका छन्। नारीमाथि पूजा र हिंसा एकसाथ भइरहेछ, अर्थात हाम्रो समाज दोहोरो चरित्र देखाएर आफैंमाथि प्रश्न उज्याउँदो छ।

अब विषयतिरै लागौँ। हामी पृथ्वी अर्थात धर्तीलाई माता भन्छौँ। किनकि, जमिनले उमार्छ। जसले जन्माउन सक्छन्, उनीहरू माता हुन्। त्यसैले त नारीलाई धर्तीसँग तुलना गरिन्। संसारका हरेक प्राणीलाई नारीले नै जन्म दिन्छिन्। जन्माउनका लागि उनीहरूसँग शक्ति हुन्छ। जन्माउने शक्ति भएका उनै नारी शक्ति अर्थात नवदुर्गाको पूजा दसैँका बेला भव्यतासाथ हुन्छ। घटस्थापनादेखि विजया दशमीसम्म क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।

प्रकाशित मिति: : 2021-10-07 13:09:00

प्रतिकृया दिनुहोस्