गत शनिबार बलिउड अभिनेता साहरुख खानका छोरा आर्यन खान सामेल भएकाे क्रुज पार्टीमा एनसीबीले छापा मारेपछि यतिबेला भारतीय सञ्जारमाध्यमहरूमा यही विषय भाइरल भइरहेकाे छ।
आर्यन अहिले पनि एनसीबीको हिरासतमै छन्। उनलाई एनसीबीले पक्राउ गरेपछि यतिबेला शाहरूखका दर्शकहरू सहयाेगकाे लागि अगाडि बढेका छन्।
फ्यानहरुले आर्यनको समर्थनमा सामाजिक संजालमा मात्र नभएर सडकमा समेत आफ्नो उपस्थिति देखाइरहेका छन् भने शाहरूखका समकालिन कलाकारहरूले पनि सहयाेगकाे हात अगाडि बढाएका छन्।
ऋतिक रोशनले पनि आर्यनलाई धैर्य गर्न आग्रह गर्दै सामाजिक संजालबाटै एक पत्र लेखेका छन्।
उनले लेखेका छन्, ‘डियर आर्यन, जीवन एउटा अनौठो यात्रा हो। यस्ता क्षणहरू अझै तिमीले धेरै भाेग्न बाँकी छ। मलाई थाहा छ कि तिमी बलियाे मानिस हाै। चिन्ता नगर। धैर्ष गर। सबै ठीक हुनेछ।’
उनले थप्दै लेखेका छन्,‘म तिमीलाई एक बच्चाको रुपमा चिन्छु र एक मानिसको रुपमा जान्दछु। आज तिमीले जे कुरा पनि अनुभव गर्छौ, त्यसको मालिक तिमी नै हौं। शान्त भएर सास फेर। उज्यालोमाथि भरोसा गर। म तिमीलाई धेरै प्रेम गर्छु।’