नवरात्र, विजयादशमी र बलि

देशसञ्चार

काठमाडौँ

आमोदवर्धन कौण्डिन्न्यायन

 

संस्कृतको दशमी–शब्दबाट अपभ्रंश भएर दसैँ–शब्द बनेको हो। दसैँलाई धेरैजसो नेपालीले ठूलो चाडका रूपमा मनाउने गरेका छन्। यो चाड घटस्थापनादेखि सुरु हुन्छ। त्यसपछि नौ दिनसम्म देवीको पूजा गरिन्छ जसलाई नवरात्र भन्छन्। दसौँ दिन अर्थात् विजया दशमीका दिनमा देवीको प्रसाद वितरण गरिन्छ। यसै विषयमा यहाँ केही चर्चा गरिन्छ।

नवरात्र

शरद् ऋतुमा आश्विन–शुक्ल प्रतिपदादेखि नवमीसम्म एक भक्त भएर अर्थात् एक छाक मात्र हविष्य भोजन गरेर ब्रह्मचर्य आदिको नियम पनि पालन गरी देवीको पूजाआराधना गर्ने शारद नवरात्रका व्रतको विधान शाक्ततन्त्रमा र पुराणका तन्त्रमूलक वचनहरूमा पनि पाइन्छ।

त्यस्तै, वसन्त ऋतुमा गर्नुपर्ने वासन्त नवरात्रका व्रतको विधान पनि पाइन्छ। शाक्ततन्त्रअनुसारका वचन धेरै भएका पुराणहरूमा देवीपुराण, कालिकापुराण र देवीभागवत प्रसिद्ध छन्। ब्रह्मवैवर्तपुराणमा पनि यस कुराको विशेष विधान पाइन्छ।

किन्तु ती विस्तृत तान्त्रिक विधान शाक्त¬दीक्षा लिएका मान्छेका लागि हुन्। वैदिक सनातन वर्णाश्रम धर्मका अनुयायी प्रायः सबै नेपाली ब्राह्मणहरू शारद नवरात्रमा सामान्यतया मार्कण्डेयपुराणको देवीमाहात्म्यको विधानअनुसार सामान्य पूजा, देवीसूक्तपाठ, दुर्गासप्तशतीपाठ र बलिदान गर्छन्।

प्रकाशित मिति: : 2021-10-07 19:31:00

प्रतिकृया दिनुहोस्