नेपाल-भारत सम्बन्ध: नेपालसँगको विदेश नीतिमा आफ्नो देशले पुनर्विचार गरिरहेको पूर्व भारतीय विदेश सचिवको सङ्केत

बिबिसी

फणीन्द्र दाहाल

एक पूर्व भारतीय विदेश सचिवले चीनको बढ्दो प्रभावका माझ सन् २०१७ यता दिल्लीले नेपालसम्बन्धी नीतिमा पुनर्विचार गरिरहेको सङ्केत गरेका छन्।

सन् २०१८ देखि सन २०२० सम्म भारतका विदेश सचिव रहेका विजय गोखलेले कार्नगी इन्डाओमेन्ट फर इन्टर्न्याश्नल पिसद्वारा प्रकाशित कार्यपत्रमा नेपालमा चीन अहिले सक्रिय भूमिकामा रहेको र यो लामो समयसम्म रहने उल्लेख गरेका छन्।

'नेपाल-चीन सम्बन्धबारे भारतीय असमझदारीको तुँवालो' शीर्षक दिइएको कार्यपत्रमा दुई देशको सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, राजतन्त्र र गणतन्त्रकालमा नेपाललाई हेर्ने दुवै देशको दृष्टिकोण र तीन वटै देशलाई उपलब्ध विकल्पबारे चर्चा गरिएको छ।

तर नेपालका पूर्वकूटनीतिज्ञहरूले चाहिँ नरेन्द्र मोदी नेतृत्वको सरकार बनेपछि नेपाल-भारत सम्बन्धलाई नयाँ दिशामा डोर्‍याउने अवसर देखिएको भएपनि अहिले दुई देशको सम्बन्ध समस्याले जेलिएको बताएका छन्।

प्रकाशित मिति: : 2021-10-09 11:45:00

प्रतिकृया दिनुहोस्