अस्पतालमा अभद्र व्यवहार गरेको अभियोगमा कांग्रेस नेता कार्की र सुब्बा प्रहरी नियन्त्रणमा  

Photo-NK
Photo-NK

अस्पतालमा अभद्र व्यवहार गरेको अभियोगमा कपिलवस्तुमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले कपिलवस्तु नगरपालिका तौलिहवा बस्ने नेपाली कांग्रेस निवर्तमान नगर सभापति प्रशान्त कार्की र जिल्ला प्रशासन कार्यालय तौलिहवाका नायव सुब्बा गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो।

दुवैले शुक्रबार राति कपिलवस्तु अस्पतालमा पुगी अभद्र व्यवहार गरेका थिए। उनीहरू हाल वडा प्रहरी कार्यालय तौलिहवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका कार्की तौलिहवा आँखा अस्पतालका अस्पतालका समेत हुन्। हालै सम्पन्न कांग्रेस कपिलवस्तु नगर समितिको निर्वाचनमा कार्की सभापति पदमा पराजित भएका थिए।

दुवैले अस्पतालमा पुगी कर्मचारीलाई थर्काउने, ड्युटीमा बसेका प्रहरीलाई अपशब्द प्रयोग गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनास्थलमा माफी माग्न आग्रह गरे पनि दुवै तयार भएका थिएनन्।

आफ्ना नेता पक्राउ परेपछि कांग्रेस नेतृत्वले कार्कीलाई छुटाउनको लागि प्रहरीमा दबाब दिएको छ। यता प्रहरीले समेत दुबैलाई परिवारका सदस्यको रोहबरमा जिम्मा लगाउने तयारी गरेको छ। 

प्रकाशित मिति: : 2021-10-09 14:50:00

प्रतिकृया दिनुहोस्