पत्रकारहरुलाई न्यायाधीश नबन्न वीरगंज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले आग्रह गरेका छन्। उनले वीरगंजबाट संचालित 'हाम्रो नेपाल दैनिक डककम' अनलाईन पत्रिकाको उद्घाटन गर्दै साेही कुरा बताएका हुन्।
नगर प्रमुख सरावगी आफू सधै पत्रकारको हकहितका लागि अग्रसर रहेको बताए। उनले पत्रकारलाई सत्य, तथ्य र पत्रकार अचारसंहिताको पालना गर्दै समाचार सम्प्रेसण गर्न आग्रह गरे।
'पत्रकार भनेका न्यायाधीस हाेइनन्, समाचार सम्प्रेषण गर्ने व्यक्ति हुन्, त्यसैले तपाईंहरू पनि अचारसंहिताको पालना गर्दै समाचार लेख्नु हाेला', पत्रकारलाई लक्षित गर्दै उनले भने, 'पत्रकारकारिताको विकास गर्ने उदेश्यका साथ कानुन बनाएरै हामीले काम गर्ने छाैँ'।
महानगरपालिकाले पर्सा जिल्लको पत्रकारकारिताको विकास गर्ने उदेश्यका साथ कानुन बनाएरै काम गरी रहेको तथा पत्र पत्रिकाहरुलाई लोककल्याणकारी विज्ञापनको व्यवस्था मिलाएको उनले बताए। साथै पत्रकारिता अध्ययन गर्न चाहने पत्रकारहरुको लागि छात्रावृत्तिको समेत व्यवस्था गरेको नगर प्रमुख सरावगीले जानकारी गराए।