नेपालमा ११ लाखभन्दा बढी मानसिक रोगी

रातोपाटी

काठमाडौँ

 

माया श्रेष्ठ 

नेपालमा कुल जनसङ्ख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित रहेको पाइएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कुल जनसङ्ख्या २ करोड ९० लाखको ४ प्रतिशत मानसिक रोगी रहेका छन् ।

नेपालमा किशोर किशोरीहरूलाई समेत मानसिक रोग देखिएको सर्वेक्षणले देखाएको छ । १३ देखि १७ वर्षसम्मका ५.२ प्रतिशत किशोर किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६.५ प्रतिशत किशोर किशोरीले वर्तमान अवस्थामा आत्महत्याको सोचको अनुभव समेत गरेको सर्वेक्षणले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य र लागू  औषध दुर्व्यसनका कारण विश्वमा ५ मध्ये १ अपाङ्ग जीवन   बाँच्नु पारेको छ ।  नेपाल लगायतका न्यून र मध्य आय भएका राष्ट्रहरूमा अझै  मानसिक समस्या भएका व्यक्ति अपाङ्ग जीवन बिताइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक चारमध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या देखिने गरेको   पाइएको छ । हाल विश्वमा मानसिक रोग दोस्रो ठुलो रोगको रूपमा देखापरेको छ । विश्वभरमा हरेक वर्ष आत्महत्याका कारण ७ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गर्छ । एच.आई.भी एड्स, मलेरिया वा महिलाको स्तन क्यान्सर वा युद्ध र हत्या भन्दा बढी रोगका मृत्यु हुनेको सङ्ख्याभन्दा आत्महत्या गर्नेको सङ्ख्या बढी छ ।  

प्रकाशित मिति: : 2021-10-10 18:35:00

प्रतिकृया दिनुहोस्