गसिप क्विन करीना

Photo : NK
Photo : NK

बलिउडमा करीना कपूर खानलाई 'गसिप क्विन' भनेर चिन्ने गरिन्छ। किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ। ‘करीना बिहान उठ्नेवितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन’ उनका नजिकका साथी करण जोहरले भने।

एक टेलिभिजन शोमा पुगेका करणले भने ‘करीनालाई थाहा नहुने गसिप नै हुदैन, बलिउडको सम्पूर्ण अवस्थाको जानकारी उनलाई हुन्छ।’ करण र करीना एकदमै मिल्ने साथी हुन्।

करीना घरमै हुन्छिन् तर उनलाई हरेक गसिपको जानकारी हुने करणले खुलाए। उनी आफ्नो पुरानी साथी काजोलसँग उक्त शोमा गएका थिए। साथै, करणले अक्षय कुमारलाई हेल्थको बारेमा, वरुण धवनलाई सोसल मिडियाको बारेमा र सोनाम कपूर आहुजालाई फेसनको बारेमा धेरै नै ज्ञान रहेको बताउँदै आफू प्रधानमन्त्री बने यी मन्त्रालय जिम्मा लगाउने बताए।

करणले मात्र होइन, करीनाकै पिता रणधीर कपूर र दिदी करिश्मा कपूरले समेत उनलाई ुगसिप क्विनु भनेका छन्। हालै एक शोमा पुगेका रणधीरले करीना र रणवीर कपुरले बलिउडको हरेक खबर राख्ने गरेको बताए। 'करीना सानैदेखि आफूलाई अपडेट गर्ने गर्छिन्' रणधीरले शोमा भने। करिश्माले पनि आफूभन्दा करीनानै चतुर रहेको स्वीकार्दै 'गसिप' उनीबाट नलुक्ने बताइन्। 

प्रकाशित मिति: : 2021-10-11 10:52:00

प्रतिकृया दिनुहोस्