दोबाटोबाट फर्किएका डोबाटेको मन्त्रीमा फेरि 'कमब्याक'

फाइल तस्वीर
फाइल तस्वीर

गण्डकीको मन्त्रिपरिषद् पुन विस्तार भएको छ। यसअघि गठबन्धनको सरकारमा मन्त्री बन्ने पक्कापक्की भए पनि शपथ खोसिएका डोबाटे विश्वकर्मा मन्त्री बनेका हुन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेर डोबाटेलाई मन्त्री नियुक्त गरेका हुन्।

उनलाई बिना विभागीयमन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङको कार्यालय पुगिसकेको छ। आजै साझ ५ बजे उनलाई शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ।

एक हप्ता बिना विभागीय मन्त्रीका रुपमा रहने र अर्को हप्तादेखि डोबाटेलाई जिम्मेवारी सुम्पिने तयारी गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा १२ जनासम्म मन्त्री हुन सक्छन्। डोबाटे मन्त्री बनेपछि गण्डकीमा १२ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। यसअघि पनि गण्डकीमा मन्त्रिपरिषद् १२ सदस्यीय बनाउनेबारे छलफल चलेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा हिजै पोखरा आउनु र मन्त्रिपरिषद् पनि विस्तार हुनु अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: : 2021-10-11 11:28:00

प्रतिकृया दिनुहोस्