माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टाेली आज (सोमबार) नेपाल फर्किदै छ। टाेली विहान ९:३० मा त्रिभुवन विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको दाेस्राे स्थानमा रहँदै नेपालले फाइलमा भारतमा प्रतिस्पर्धा गरकाे थियाे। साफकाे इतिहासमा पहिलाे पटक फाइनल पुगेकाे नेपाली टाेली शनिबार राति भएकाे फाइनल खेलमा भारतसँग ३–० गाेल अन्तरले पराजित भएकाे थियाे।
विमानस्थलमा टाेलीकाे स्वागतकाे लागि भव्य तयारी भएकाे छ।