फिल्म ‘चुरिफुरी’ पौष ९ गतेदेखि रिलिज हुने

फिल्म ‘चुरिफुरी’ आउँदो पौष ९ गतेदेखि प्रदर्शन हुने भएको छ। 

मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमबाट निर्देशक ऋषिराज आचार्यले फिल्मको रिलिज डेट घोषणा गरेका हुन्।

दिपक शर्माको संगीत तथा राहुले राइको छायांकन रहेको यो चलचित्रमा नविन निरौलाको सम्पादन छ। निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको यो चलचित्रमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन्। 

त्यस्तै चलचित्रमा रविन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्रचार्य लगायतको मुख्य भूमिका रहेको छ।


 

प्रकाशित मिति: : 2021-10-20 14:26:00

प्रतिकृया दिनुहोस्