९७ वर्षीय हजुरबुवाको पसल

सेतोपाटी

काठमाडाैं

सबिना श्रेष्ठ

केही दिनअघि फिल्म निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमा दुइटा तस्बिर राखेका थिए। 

एउटामा लौरा टेकेका पाका उमेरका बासँग उनी गफिँदैजस्ता देखिन्थे। 

अर्कोमा, तिनै बा र अरू केही मानिससँग बसेर फोटा खिचाएका थिए।

सामाजिक सञ्जाल प्रयोगकर्ताको विशेष ध्यान दोस्रो फोटोमा गयो। यसको कारण निर्देशक भट्टराई भन्दा पनि तिनै बा थिए। फोटोको पृष्ठभूमिमा देखिएको पसल थियो।

पहिले कुरा गरौं त्यो पसलको। 

यो पसल एउटा सानो कोठाको छ। मुश्किलले दुईजना पस्न मिल्ने। बस्न त अटेसमटेस।

परम्परागत टायलको छानो भएको, काठले बनेको पसल निकै पुरानो देखिन्छ। धेरै सामान पनि छैन। काठका तासी खाली-खाली देखिन्छन्। एकाध बट्टामा चकलेट, चाउचाउ, बिस्कुट, चुरोट र नुनका केही पोका यो पसलको सर्वस्व हो।

यो सानो कटेरो सर्लाहीको हरिवनमा छ। यसका सञ्चालक हुन् उनै बा, ९७ वर्षीय डम्बरबहादुर भण्डारी।

प्रकाशित मिति: : 2021-10-22 12:15:00

प्रतिकृया दिनुहोस्