विकास मेराग्लियाले विदेशी कोटामा च्यासलबाट ए डिभिजन लिग खेल्ने

Photo-NK
Photo-NK

इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेराग्लिया आगामी ए डिभिजन लिगमा ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने भएका छन्।

शुक्रबार च्यासलले आफ्नो ग्राउन्डमा एक कार्यक्रम गर्दै विकासलाई अनुबन्धन गरेको हो। उनले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन्।

एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकास २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन्।

इटाली सिरि ए क्लब एटलान्टा नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेलेका हुन्। विकासले इटालीको यू–१७ टोलीबाट समेत खेलिसकेका छन्।

मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका थिए।

‘म १३ वर्षपछि नेपाल फर्किएको छु’, विकासले सामाजिक सञ्जालमा लेखेका छन्। विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन्। स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन्। त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने भएका छन्।

विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ। इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यू–१७ टोलीबाट खेलिसकेका छन्।

१८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन्। यद्यपि, उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन्। 

प्रकाशित मिति: : 2021-10-22 15:47:00

प्रतिकृया दिनुहोस्