अमेरिकामा फिल्म सुटिङमा झुक्किएर सक्कली बन्दुक चल्दा निर्देशक र छायाँकारकाे मृत्यु

Agency
Agency

अमेरिकाकाे न्यु मेक्सिकाेस्थित सान्ता फेमा फिल्म सुटिङकाे क्रममा नक्कली बन्दुककाे सट्टा सक्कली बन्दुक चल्दा एक निर्देशक र छायाँकारकाे मृत्यु भएकाे छ।

बिहीबार निर्माणाधिन सिनेमा 'रस्ट'को सुटिङ्गकाे क्रममा नायक एलेक बाल्डविनले अभिनय गर्दा चलाएको सक्कली बन्दुक पड्किँदा सिनेमोटोग्राफ़र हलिना हचिन्स र निर्देशक जोएल सूजाको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरीले सिनेमाको सुटिङ्ग रोक्न आदेश दिएको र नक्कलीको सट्टा सक्कली बन्दुक कसरी आयो भने बिषयमा अनुसन्धान भइरहेको जनाएको छ।

सान्ता फे काउन्टीका सेरिफका प्रवक्ता जुआन रियोसले अनुसन्धानपछि दोषीमाथि कडा कारवाही गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2021-10-23 09:44:00

प्रतिकृया दिनुहोस्