गाडधन

शिलापत्र

काठमाडाैं

केशव दाहाल

 

शीत झर्दै गरेको कुनै चिसो एकरात मैले भयंकर अनौठो सपना देखेँ । सपना देख्नु खास कुरा थिएन । तर भयंकर सपना देख्नु खास कुरा भइगयो ।

सपनामा म कुनै एउटा देशको राष्ट्रपति भएको रहेछु । र, त्यो दिन मेरो देशको राष्ट्रिय दिवस मनाउने कार्यक्रम रहेछ सैनिक मञ्चमा । कार्यक्रमका लागि देशै भव्यतापूर्वक सजाइएको थियो । यत्रतत्र तोरण, झकिझकाउ द्वारहरू, द्वारमा सयपत्री र मखमलीका माला, स्वर्ण घडा, आकासमा इन्द्रधनुष, अविरलको वर्षा । मन्दिरमा सुनको गजुर, सुनकै जलहारी । राजघर, बुर्जा र पटांगिनीमा रंगरोगन ।

सैनिकमञ्चको कार्यक्रम हेर्न दर्शकहरूको भीड थियो । तर त्यो भीड मान्छेको थिएन । त्यहाँ त देशबाट हराएका विभिन्न मूर्तिहरू पो खचाखच थिए । अर्थात, सबै कुरा अनौठो र भव्य थियो ।

ठिक साइतमा सैनिक मञ्चको कार्यक्रममा सहभागी हुन म दरबारबाट निस्किएँ । ताम्रपत्रमा राखिएको गंगाजल छर्किँदै म हिँड्ने बाटोलाई सेवकहरूले पवित्र बनाउँदै लगे । म हात हल्लाउदै स्वर्णरथमा चढेँ । मेरो सातघोडे रथ अगाडि बढ्यो । बाटोमा किरा, भुसुनाजस्ता मान्छेहरू कल्यांगमल्यांग गर्दै थिए । फोहोर, गनाउने, र सोमत नभएका मान्छेहरू । कोही चिच्याउँदै थिए, कोही रुँदै थिए । कोही जिन्दावाद, कोही मुर्दावाद भन्दै उफ्रँदै थिए ।

प्रकाशित मिति: : 2021-10-23 15:38:00

प्रतिकृया दिनुहोस्