अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ

File Photo
File Photo

राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ। तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो।

अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ। त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन्।

‘अफगानिस्तानमा अहिले मानव संकट गहिरिएको छ। त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ’ , विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भने। १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको छ। अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन्। 

प्रकाशित मिति: : 2021-10-25 14:33:00

प्रतिकृया दिनुहोस्