मिडियाकर्मीलाई पल शाहको आग्रहः झुठो समाचार नछाप्नुहोस

Trendingnetnepal.com
Trendingnetnepal.com

अभिनेता अभिनेता पल शाहले आफू दुखी भएको बताएका छन्। 

गायिका समीक्षा अधिकारीसँग नाम जोडिएर आएको समाचारका कारण आफू दुखी भएको बताएका हुन्। 

सोमवार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हुँदै नभएका, गर्दै नगरिएका, विना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथी आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखी बनाएको छ, यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाउनुहुन मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु।’ 

समिक्षासँग सांगीतिक सहकार्य मात्र रहेको बताउदैँ उनी भन्छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति र समूह कहिँ न कहिँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ,  मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु।’
 
 

प्रकाशित मिति: : 2021-10-25 14:44:00

प्रतिकृया दिनुहोस्