भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ। 

सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन्। 

यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो। 

भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सङ्ख्या २३९ दिनपछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्। 

भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०।४९ प्रतिशत मात्रै हो।

त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको मात्र पनि महामारी फैलिएपछिकै सवैभन्दा धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८।१८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। 
 

प्रकाशित मिति: : 2021-10-25 15:24:00

प्रतिकृया दिनुहोस्