प्रथम शिखर वार बुदोकैदो प्रतियाेगिता हुने 

नेपाल बुदोकैदो फूलकन्ट्याक्ट संघले प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आयोजना गर्ने भएको छ। यही कात्तिक ११ देखि १३ गतेसम्म काठमाडौंमा प्रतियाेगिता गर्न लागेकाे संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

प्रतियाेगिता बसन्तपुर डबली हुने आयोजकले जनाएकाे छ। प्रतियोगितामा पुरुष तथा महिला खुल्लातर्फ प्रतिस्पर्धा हुनेछ।

खुल्लातर्फ पुरुष तथा महिलातर्फको विजेताले एक–एक तोला सुनको मेडल प्राप्त गर्नेछन्। दोस्रो हुनेले पाँच–पाँच तोला चाँदीको मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यसैगरी प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुनेले पाँच हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले एक हजार पाँच सय नगर पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति: : 2021-10-25 17:01:00

प्रतिकृया दिनुहोस्