कांग्रेस महाधिवेशन पाँचौपटक सर्ने निश्चित, चुनावसम्म धकेल्न विकल्प खोज्दै देउवा !

लोकान्तर

काठमाडौँ

कांग्रेसको विधानअनुसार तोकिएको मितिमा महाधिवेशन भएको भए २०७६ फागुनमा १४ औं महाधिवेशन सम्पन्न भइसक्थ्यो । तर, वैधानिक मितिभन्दा दुई वर्ष पर पुग्दा पनि कांग्रेसको महाधिवेशन निश्चित हुन सकेको छैन । 

पाँचौपटक सारेर मंसिर ९ देखि १३ सम्म कांग्रेसको १४ औं महाधिवेशन गर्ने भनिए पनि अब त्यो मितिमा महाधिवेशन नुहने निश्चित भएको छ । 

दशैं अगाडिबाट रोकिएको महाधिवेशन प्रक्रिया छठअगाडि गति लिने सम्भावना छैन ।

१४ औं महाधिवेशनका लागि तयार गरिएको निर्वाचन कार्यतालिका भद्रगोल भएको छ । यसलाई सच्याउनका लागि कांग्रेसको कुनै पनि तहको बैठक बस्न सकेको छैन । 

त्यसमाथि आगामी शुक्रबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा जाँदैछन् । त्यसलगत्तै तिहार र छठ पर्व संघारमा छ । त्यसबेला महाधिवेशन प्रक्रिया अघि बढ्ने सम्भावना छैन ।  

प्रकाशित मिति: : 2021-10-25 18:28:00

प्रतिकृया दिनुहोस्