‘बीपी कोइरालाले सोमदत्तमाथि अन्याय गर्नुभयो’

हिमाल खबर

प्रदीप गिरि

सुम्निमा बीपीका पात्रहरूमध्ये सर्वाधिक स्वाभाविक, सहज र जीवन्त छ। सुम्निमाको व्यक्तित्व एक उपलब्धि छ। सुम्निमा स्त्री-पुरुषको आदिम एवं अनिवार्य आकर्षणको उत्फुल्ल उदाहरण हो।

सामान्यतः हामी बीपी कोइराला एउटा प्रभावशाली राजनीतिक नेता र समाजवादी विचारकका रूपमा चिन्दछौं। राजनीतिक सङ्घर्षका ती दिनहरू उहाँले ज्यादातर निर्वासन र जेलमा बिताउनुपर्‍यो। जेलका समयमा लगातार आठ वर्षको लामो कारावासमा सुन्दरी जेलमा उहाँसँग फुर्सद थियो। त्यस्तो वेलामा उहाँले केही श्रेष्ठ साहित्यिक कृतिहरूको सिर्जना गर्नुभयो। त्यस्ता विधाहरूमध्ये सुम्निमाको विशेष स्थान छ।

बीपीले आफ्ना साहित्यिक कृतिहरू विशेष उपन्यासलाई आफ्नो विचार र चिन्तनको वाहन बनाउनुभएको छ। उहाँका उपन्यासहरूमा एउटा स्पष्ट दृष्टिकोणको प्रतिपादन छ। तीन घुम्तीमा नारीको जीवनको भवितव्यको व्याख्या छ।

हिटलर र यहुदी र मोदीआइनमा गीता दर्शनको विमर्श छ। उपन्यासहरूको यस हारमा नरेन्द्र दाइ मुख्यतः एक जोडी स्त्री-पुरुषको प्रेमाकूल सम्बन्धको दु:खान्तिका हो। सुम्निमा भन्ने कृति चाहिं यी चारवटैभन्दा भिन्न प्रकृतिको छ।

प्रकाशित मिति: : 2021-10-26 09:08:00

प्रतिकृया दिनुहोस्