दलका बलले ‘पेल्ने मुड’मा जबरा

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले/दिनेश गौतम

न्यायालयमा घमासान मच्चिरहेको छ। सर्वोच्च अदालतमा तीन दिनदेखि न्यायसम्पादन ठप्प छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सहकर्मी न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन्। तर, सरकार र राजनीतिक दलले यसको निकासतर्फ अग्रसरता लिएका छैनन्। दलहरूले निर्णय नगर्दा प्रधानन्यायाधीश जबरा अरूलाई पेलेरै अघि बढ्न खोजेका देखिन्छन्। 

न्यायालयको यो विवादमा ‘स्वार्थको रोटी’ सेक्ने उपायको खोजीमा छन्। यस्तै अन्योल र भद्रगोलबीच आफू र आफ्नो दललाई कति फाइदा उठाउन सकिन्छ भनेर जोडघटाउमा देखिन्छन्। आ–आफ्नो सुविधाअनुसार भित्रभित्रै ‘डिल’ गरिरहेका छन्। यद्यपि, बढ्दो नागरिक दबाब र न्यायालयको अवस्थाका कारण जबरालाई साथ दिइरहन अप्ठ्यारो छ। 

प्रकाशित मिति: : 2021-10-28 07:50:00

प्रतिकृया दिनुहोस्