गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता : आर्याश र अनुश्री विजयी

file photo
file photo

आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि जितेका छन्। सातदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु–८ को शुक्रबार भएको फाइनलमा ब्वाईजतर्फ आर्याशले सुजन कुईकेललाई १०–५, १०–६ को जित निकाल्दै उपाधि चुमेका हुन्। 

यस्तै गल्र्सतर्फ अनुश्रीले सारा पन्तलाई १०–४, १०–६ को सेटमा पराजित गर्दै जित हात पारेकी हुन्। विजयी खेलाडीहरूले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छन्।

यस्तै शुक्रबारनै सम्पन्न खेलमा शिभाली गुरुङले गल्र्स यु–१० को प्रतिस्पर्धामा माला श्री सिंहलाई ६–०, ६–० ले पराजित गर्दै जितको अभियानलाई जारी राखेकी छिन्। जित निकाल्ने क्रममा ब्वाईज यु–१२ तर्फ दर्सिल श्रेष्ठले निसाद जोशीलाई ६–१, ६–२ ले तथा बोरिश अधिकारीले श्रीजन भट्टराईलाई ६–२, ६–१ ले पराजित गर्दै भिडन्त पक्का गरेका छन्।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको सहयोगमा भएको प्रतियोगिताको सिनियरतर्फ पुरुष एकलमा प्रनव खनालले गोविन्द नेपालीलाई ७–५, ६–० ले, अकि जुवेन राउतले निजेज महर्जनलाई ६–०, ६–० ले, जितेन्द्र परियारले गौरव प्रताप शाहीलाई ६–२, ६–०, नविन पाईजाले निरज गुरुङलाई ६–१, ६–२, निशान श्रेष्ठले युगेन शेर्पालाई ६–२, ६–१, आरभ सम्राट हाडाले ईभ्याक जोशीलाई ६–०, ६–०, प्रदीप खड्काले आर्यान गिरीलाई ७–५, ६–३ ले तथा ऋतिक राणाले भास्कर मान सिंहलाई ६–१, ६–१ ले पराजित गर्दै विजय अभियानलाई जारी राखेका छन्।

पुरुष युगल तर्फ प्रनभ खनाल र जितेन्द्र परियारको जोडी, निहाल जङ्ग बहादुर थापा र अकी जुवेन राउतको जोडी, प्रदीप खड्का र अनिल शाहीको जोडी तथा नविन पाइजा र ऋतिक राणाको जोडी आआफ्ना प्रतिद्वन्द्विलाई पराजित गर्दै अगाडी बढेका छन्। खनाल र परियारको जोडीले युगेन शेर्पा र भीष्म जङ्ग गुरुङको जोडिलाई ६–१, ६–० ले, थापा र राउतको जोडीले निशान श्रेष्ठ र निजेन महर्जनको जोडीलाई ६–२, ६–२ ले, खड्का र शाहीको जोडीले गौरव प्रताप शाही र गगन महर्जनको जोडीलाई ६–३, ६–० ले तथा पाईजा र राणाको जोडीले आर्यन गिरी र दावा शेर्पाको जोडीलाई ७–५, ७–६ को सेटमा पराजित गरेका हुन्।

यस्तै जित निकाल्दै अगाडी बड्ने क्रममा पुरुष ३५ वर्ष माथिको प्रतिस्पर्धामा कमल बहादुर भण्डारी, विकास थापा मगर, सञ्जीव श्रेष्ठ, भीष्म जंग गुरुङ, नविन श्रेष्ठ, सुभाष बस्नेत, निरज थापा र सीमान्त गुरुङ रहेका छन्।

पुरुष ४५ वर्ष माथिको प्रतिस्पर्धामा रोहित सुनुवार, सुदर्शन विष्ट, सिजर गुरुङ, महेश श्रेष्ठ, गोपी भट्टराई, सुकमान तामाङ्ग, आशिष सिग्देल र विमल कुमार गुरुङले पनि जित निकाल्दै अगाडी बढेका छन्।

पुरुष ३५ वर्ष माथिको युगल तर्फ विकास थापा मगर र मान बहादुर कटवालको जोडीले जित निकाल्दै अघिल्लो चरणका लागि स्थान बनाएको छ। यस्तै अघिल्लो चरणमा स्थान पक्का गर्नेमा निमा लामा र श्याम जी। सिको जोडी, संजय श्रेष्ठ र गोपाल ज्ञवालीको जोडी रहेका छन्।

४५ वर्ष माथिमा निरेश सिंह र गोपाल दाश मानन्धरको जोडी, राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी, मनोज शमशेर जबरा र प्रदीप शाहको जोडी, चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी, देवेन गिरी र राजेन्द्र श्रेष्ठको जोडी, यज्ञ र रोहित सुनुवारको जोडी तथा सुमित महर्जन र निमा लामाको जोडी पनि जित निकाल्दै अगि बढेका छन्। 

पुरुष ५५ वर्षमाथीको युगलमा कमल थापा र चम्बाको जोडी, उत्तम लामा र राजु श्रेष्ठको जोडी, मनोज शमशेर जबरा र प्रदीप शाहको जोडी तथा कृष्ण राज घले र सुवण धाख्वाको जोडीले पनि जित निकाल्दै अग्रस्थान कायम गरेका छन्।

प्रकाशित मिति: : 2021-10-29 21:57:00

प्रतिकृया दिनुहोस्