प्रशिक्षक अल्मुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन्। 

आइतबार मन्त्री गहतराजले मन्त्रालयमा एक कार्यक्रम गर्दै प्रशिक्षक अब्दुल्लाहलाई नेपालमा स्वागत गरेका हुन्। 

नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह हिजो (शनिबार) नेपाल झरेका थिए। 

बंगलादेशसँग बराबरी खेल्दै २८ वर्षपछि नेपाल फाइनलमा पुग्दा प्रशिक्षक अब्दुल्लाहले  राजीनामा दिएका थिए। सोही दिन उनले नेपालसमेत नजाने बताएका थिए। 

फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै पहिलो पटक उपाधि हातपार्न वञ्चित भएको नेपाली टोली स्वदेश फर्कंदा प्रशिक्षक अब्दुल्लाह भने कतार नै बसेका थिए। 

फाइनल लगत्तै पुनः नेपाल फर्कंन तयार रहेको बताएका अब्दुल्लाहले गत १० गते (बुधबार) एन्फासँग आफूले तीन वर्ष रहने निर्णय भएको सामाजिक सञ्जालबाट बताएका थिए। यस विषयमा एन्फाले भने कुनै पनि आधिकारिक धारणा राखेको छैन।

प्रकाशित मिति: : 2021-10-31 18:50:00

प्रतिकृया दिनुहोस्