दलहरू मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री आचार्य

तेजन खड्का

विराटनगर
फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विकासका लागि दलहरू मिलेर जानुको विकल्प नरहेको बताएका छन्। प्रदेशसभाको बैठकमा उनले सबै दल देश विकासका लागि मिलेर जानुपर्ने बताए।

संसदमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै उनले लोकतन्त्रका लागि लडेकाहरू कुनै न कुनै बिन्दुमा मिलेर जानुपर्ने बताए। राष्ट्रियता र संविधानमाथि सङ्कट आए सबै एक ठाउँमा उभिनु पर्ने उनको भनाइ छ।

संविधानअनुसार बहुमत नरहेपछि विश्वासको मत मागेको उनले बताए। यसअघि नै राजीनामा दिने योजना भए पनि जनताले सरकारकाे निरन्तरताको पक्षमा रहेकाले राजीनामा नदिएको उनको भनाइ छ।

उनले सबैको प्रतिस्पर्धा देश निर्माण र विकासमा ध्यान दिनुपर्छ।

प्रकाशित मिति: : 2021-11-01 14:15:00

प्रतिकृया दिनुहोस्