४६९ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन्।

सोमबार ५३३ जनामा सङ्क्रमण देखिएको थियो। देशभर सक्रिय सङ्क्रमित नौ हजार १७४ रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।

योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार ८३२ पुगेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ।

यसैगरी आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४२७ को निधन भएको छ।

प्रकाशित मिति: : 2021-11-02 17:02:00

प्रतिकृया दिनुहोस्