प्रधानन्यायाधीशको ‘श्रीपेच खोस्न’ न्यायाधीशहरू र नेपाल बार 'एकमत'

बिबिसी

काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजीनामा गराउन नेपाल बार एशोसिएशनको प्राङ्गणबाट कानुन व्यवसायीहरूको आन्दोलन मङ्गलवार पनि जारी रह्यो।

राजीनामा नै सम्मानजनक हुने भन्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अन्यथा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

उनले भने, "कानुन व्यवसायी र नागरिक पनि सडकमा उत्रिए भने बहिर्गमन सहज हुन्छ कि के हुन्छ?'

कतिपय कानुन व्यवसायीले जबरालाई महाभियोगको कठघरामा उभ्याउने धम्की दिए।

सर्वोच्च अदालतसँगै जोडिएको बारको प्राङ्गणबाट त्यस्तो चेतावनी खेपिरहेका जबराविरुद्ध देखिएका उनकै सहकर्मीहरू पनि "राजीनामा नदिएसम्म पछि नहट्ने" अडानमा छन्।

प्रकाशित मिति: : 2021-11-02 19:44:00

प्रतिकृया दिनुहोस्