प्रकाशको प्रदर्शन आउँदो वर्ष मात्र 

File Photo
File Photo

निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म 'प्रकाश' आउँदो वर्ष मात्र प्रदर्शनमा आउने भएको छ। प्रि-प्रोडक्सनमा रहेको फिल्मको सम्पादनको काम लगभग सकिएको जनाउँदै निर्देशक राउतले आउँदो वर्ष मात्र प्रदर्शनमा आउने बताए।

'संवत् फिल्म यो वर्ष प्रदर्शनमा आउँदैन। किनकि हामी भन्दा अगाडी नै तयार भएका फिल्महरू छन्। त्यसैले हामीले अन्यसँग डेट नजुध्ने हिसाबले रिलिज घोषणा गर्ने छौँ,' निर्देशक राउतले भने। उनले फिल्मलाई राम्रोसँग तयार गरेर मात्र रिलिज घोषणा गर्ने योजना सुनाए।

'हामीले रिलिज घोषणा गरेर पनि फिल्मको काम छिटोछिटो सकाउने गरेका छौं। तर यसपटक काम सकाएर मात्र रिलिज घोषणा गर्ने तयारी छ,' उनले भने। फिल्ममा प्रदीप खड्का, रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी (आँपे), हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहनेछ।

जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने फिल्मलाई विकास सुवेदीले लेखेका हुन्।

फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ भने उत्तम प्रधानको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ। बिनिस् इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

प्रकाशित मिति: : 2021-11-02 19:44:00

प्रतिकृया दिनुहोस्