मादल घन्केपछि देउसिरे भाका

गोरखापत्र

काठमाडौं

घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।
नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल

तयारी भइसक्यो ।
आज मादल बजेको किन
गाउँघर दुनियाँ ब्यूँझाउन
मादललाई गाउँघर ब्यूँझाउने प्रतीकका रूपमा पनि लिइएको छ । व्यापारका हिसाबले पनि तिहारको समयमा मादल मर्मत र बिक्रीको अवस्था राम्रै छ।

मादल व्यवसायी जमुना कुलुका अनुसार तिहार लागेपछि मादललगायत छाला बादनको मर्मत र व्यापार बढ्छ । अझ देउसी, भैलोमा मादलको ताल अनिवार्यजस्तै हुन्छ ।

भूकम्प र कोरोना महामारीले मादल व्यवसायमा मन्दी आएको भए पनि यस पटक व्यापारमा केही सुधार भएको अनुभव मादल व्यवसायीको छ । वसन्तपुरकी मादल व्यवसायी कुलुले भन्नुभयो, “यस पटक मादल व्यापार अलि बढेको छ ।

” मादल बनाउनु, बेच्नु कुलुको पुख्र्यौली पेसा हो । बाजे, बराजुको पालादेखि गरिआएको यस पेसालाई जमुनाको परिवारले समेत व्यावसायिक रूपमा नै धान्दै आएको छ । मादलको व्यापार सदावहार नै चल्ने भए पनि भूूकम्पपछि यसको व्यापार खस्केको कुलुको अनुभव छ ।

प्रकाशित मिति: : 2021-11-04 06:55:00

प्रतिकृया दिनुहोस्