मौसम बुझ्‍ने संयन्त्र नहुँदा थपिँदै विपद्

हिमाल खबर

मुकेश पोखरेल

गएको असार महीनाको पहिलो साँझ मेलम्ची खोलामा बाढी आउँदा मेलम्ची बजार क्षेत्रको आकाश उघ्रिएकै थियो। वर्षाको छेकछन्द नभएका बेला बाढी आएपछि स्थानीय बासिन्दाले हिमाली क्षेत्रमा ताल विस्फोट भएको अनुमान गरे। “घाम लागिरहेका बेला खोलामा एक्कासि ठूलै बाढी देखेपछि हिमालमा ताल फुटेको अनुमान गर्‍यौं,” मेलम्ची बजारका बासिन्दा हस्त पण्डित भन्छन्।

त्यो बाढीले ठूलो मानवीय र भौतिक क्षति गर्‍यो। बाढीबारे अध्ययन गर्न २ असारमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहितको टोली हेलिकप्टरबाट मेलम्चीको शिरतर्फ लाग्यो। उनीहरूले भ्रेमाथाङमा पहिरो गएको र ठूलो मात्रामा गेग्रान थुप्रिएको देखे, तस्वीरहरू खिचे। ती तस्वीरको विश्लेषण गरी भूगर्भविद् र मौसमविद्ले हिमाली क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण पहिरो र भलबाढी आएको निर्क्योल गरे। तर, मेलम्चीको मुहान क्षेत्रमा कति वर्षा भयो भन्ने कसैले बताउन सकेन। किन भने उक्त क्षेत्रमा वर्षा मापन केन्द्र (वेदर स्टेशन) छैन।
 

प्रकाशित मिति: : 2021-11-11 14:27:00

प्रतिकृया दिनुहोस्