नीतिबिनाको नेतृत्व छान्दै कांग्रेस !

लोकान्तर

काठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नीति विनाको नेतृत्व चयन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व मात्रै निर्वाचित गर्ने र नीति तथा कार्यक्रम तय गर्नका लागि अर्को महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसको विधानको दफा १५ मा ‘केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ’ भन्ने व्यवस्था गरेको छ ।

कांग्रेसको विधानले अर्को व्यवस्था पनि गरेको छ । विधानको दफा १७ को उपदफा ५ मा महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक–फरक समयमा महाधिवेशन गर्न सकिने व्यवस्था छ । 

यसका लागि केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय लिने व्यवस्था कांग्रेसको विधानमा छ । 

कांग्रेसले यही व्यवस्थामा टेकेर महाधिवेशनको संघारमा आएर नीति र नेतृत्वको फरक महाधिवेशन गर्ने  निर्णय गरेको हो । 

कांग्रेस अहिले महाधिवेशनबाट पार्टीको वैधता जोगाउन संघर्षरत छ । पाँचपटक महाधिवेशनको मिति सारेर वैधानिकताको मिति घर्किन लागेपछि कांग्रेसको महाधिवेशन सम्पन्न हुन लागेको छ । 

प्रकाशित मिति: : 2021-11-15 20:16:00

प्रतिकृया दिनुहोस्