बाघसँग खेल्नेको अनुभव, सानोमा बच्चाजस्तो पालें, पछि हिंस्रक बन्यो

गोरखापत्र

काठमाडौं

बाघ भन्ने बित्तिकै धेरैको जिउ सिरिङ हुन्छ । तर केहीलाई भने रातोदिन बाघसँग उठबस मै रमाइलो लाग्छ बाघसँग निकट पुग्ने काम नै साहसिक हुन्छ । २०३६ सालदेखि यस्तै सहासिक कामगर्दै आउनु भएको छ हरिकृण श्रेष्ठले मानिसलाई आक्रमण गरेर मारेका वा दुःख दिएका बाघहरु मात्रै अहिले सदर चिडियाखानामा रहेका छन् । 

हप्ताको छ दिन मासु खाने बाघ शनिबार वर्त बस्छ । उ केही खाँदैन । हरिकृण श्रेष्ठलाई विशेष लाग्ने काम हो बाघको हेरचाह । उहाँ अहिले सदर चिडियाखानामा हेड किपरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग बाघको बच्चा ‘डमरु’ देखि बयस्क बाघसँग काम गरेको अनुभव छ ।

‘डमरु’ लाई आफ्नै बच्चा जस्तै गरी उहाँले पाल्नुभयो । डमरु जर्मन सेफर्ड कुकुर जात्रै हुँदासम्म आफ्नै सन्तानजस्तै गरेर पालेकोमा पछि उसले आफ्नो स्वरुप देखायो । जनावर त जनावर नै हो, मानिसलाई झम्नटिन थालेपछि खोरमा राखिदियौँ ।” अहिले उ खोरमा छ । त्यो ‘डमरु’ लाई पालेको नौ महिनापछि हिंस्रकरुप देखिएको थियो ।

प्रकाशित मिति: : 2021-11-17 07:05:00

प्रतिकृया दिनुहोस्