प्रदेश प्रमुख र मुख्यमन्त्री पद सत्ता चाख्ने भर्‍याङ बन्दै

अन्नपूर्ण पोष्ट

प्रशान्त वली

केन्द्रीय सरकार परिवर्तन भएसँगै त्यसको असर प्रदेश प्रमुख र मुख्यमन्त्रीमा पनि पर्‍यो। ३ वर्ष ८ महिनामा २४ जना प्रदेश प्रमुख र १४ जना मुख्यमन्त्री फेरिए।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकार रहँदा १४ जना र केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला १० जना प्रदेश प्रमुख फेरिए। यसरी हेर्दा प्रदेश प्रमुख पद राजनीतिक दलहरुको भागबण्डा मिलाउने साधन बनेको छ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। केपी ओली नेतृत्वको सरकारले विसं २०७६ कात्तिक १७ गते सातै जनालाई पदमुक्त गरेको थियो।

प्रकाशित मिति: : 2021-11-18 06:11:00

प्रतिकृया दिनुहोस्